पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, ठेक्का प्रक्रियामा अनियमितताको आरोप

theoutsidenepal.com

काठमाडौं — विक्रम पाण्डे लाई प्रहरीले पक्राउ गरेको छ। सरकारी बोलपत्र (टेंडर) सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच राखेर ठेक्का आफ्नै कम्पनीलाई पार्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।


केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का एआईजी डा. मनोज केसी ले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन्।


पाण्डे कालिका कन्स्ट्रक्सन का सञ्चालक समेत हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वमन्त्रीका रूपमा चिनिन्छन्।


यसअघि पनि पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०७५ सालमा सिक्टा सिञ्चाई आयोजना मा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।


प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया