मदन राज पैडेलद्वारा एनआरएनए आईसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को युवा उपाध्यक्ष पदका लागि मदन राज पैडेलले उम्मेदवारी दर्ता गरेका छन्।


युवा पुस्तालाई अन्तर्राष्ट्रिय स्तरमा संगठित गर्दै एनआरएनए अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। लामो समयदेखि प्रवासमा रहेका युवाहरूलाई एउटै नेटवर्कमा जोड्ने, उनीहरूको क्षमता र नेतृत्वलाई प्रोत्साहन गर्ने तथा एनआरएनएलाई अझ सक्रिय र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको पैडेलले बताएका छन्।


मदन राज पैडेल हाल जय नेपाल फाउण्डेसनको ग्लोबल युथ नेटवर्कका केन्द्रीय अध्यक्ष समेत हुन्। सो जिम्मेवारीमा रहँदै उनले विश्वभर रहेका नेपाली युवाहरूलाई सामाजिक, शैक्षिक र नेतृत्व विकासका अभियानमा जोड्ने काम गर्दै आएका छन्।


उनको उम्मेदवारीसँगै एनआरएनएभित्र युवा सहभागिता र नेतृत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। विभिन्न देशमा रहेका नेपाली युवाहरूबाट पनि उनको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया आएको बताइएको छ।


प्रतिक्रिया