नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ को तयारी बैठक सम्पन्न

theoutsidenepal.com

नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ को तयारी बैठक सम्पन्न

द टन न्युज | काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले तयारी बैठक सम्पन्न भएको छ।

सन् २०२६ नोभेम्बर ७ (२०८३ कात्तिक २१) मा सम्पन्न बैठक मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको अध्यक्षता तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।

बैठकमा सम्मेलनको समग्र तयारी, व्यवस्थापन, आवश्यक समन्वय, सहभागिता तथा सम्मेलनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

बैठकमा एनआरएनएका अध्यक्ष, आईसीसी पदाधिकारीहरू, मध्यपूर्व क्षेत्रीय समितिका पदाधिकारीहरू तथा अन्य सरोकारवाला महानुभावहरूको सहभागिता रहेको थियो।

बैठकले ‘सहयात्रा–२०२६’ लाई सफल बनाउन सबै पक्षबीच एकता, सहकार्य र प्रभावकारी समन्वय आवश्यक रहेको सन्देश दिएको छ। सहभागीहरूको सक्रियता र प्रतिबद्धताले सम्मेलनलाई थप सफल बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

सुरक्षित श्रम आप्रवासन, श्रमिकका हकहितको संरक्षण, प्रवासी नेपालीबीच एकता र सहकार्य तथा समृद्ध भविष्य निर्माणका विषयलाई प्राथमिकतामा राख्दै आयोजना हुन लागेको यस सम्मेलनलाई मध्यपूर्वमा रहेका नेपाली समुदायका साझा सवाल उठाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

‘सहयात्रा–२०२६’ सफल पारौँ, एकता र सहकार्यको सन्देश फैलाऔँ।

सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य — एनआरएनएको अभियान।

द टन न्युज


प्रतिक्रिया