GINGER AND GIN RESTAURANT & BAR को भव्य उद्घाटन : नारायणप्रसाद चापागाईंको सबैलाई हार्दिक निमन्त्रणा
द टन न्युज विशेष रिपोर्ट
नयाँ स्वाद, उत्कृष्ट आतिथ्य र आत्मीय सेवाको अनुभव प्रदान गर्ने उद्देश्यसहित GINGER AND GIN Restaurant & Bar को भव्य उद्घाटन हुने भएको छ।
यस विशेष अवसरमा सञ्चालक तथा प्रतिनिधि नारायणप्रसाद चापागाईंले सम्पूर्ण शुभेच्छुक, ग्राहक, साथीभाइ तथा आम सर्वसाधारणलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।
चापागाईंले विशेष सन्देशमार्फत रेस्टुरेन्टको उद्घाटन समारोहमा सहभागी भई स्वादिष्ट परिकार तथा पेय पदार्थको आनन्द लिन र आफ्नो अमूल्य सुझाव, प्रतिक्रिया तथा सल्लाह प्रदान गर्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँका अनुसार ग्राहकको माया, साथ र इमानदार प्रतिक्रियालाई संस्थाले विशेष महत्त्व दिनेछ। ग्राहकको सुझावलाई आत्मसात् गर्दै सेवा, खानाको गुणस्तर र आतिथ्यलाई निरन्तर उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
“तपाईंहरूको उपस्थिति नै हाम्रो विशेष दिनलाई अझ स्मरणीय बनाउनेछ,” चापागाईंको सन्देशमा उल्लेख छ।
GINGER AND GIN Restaurant & Bar टिमले सबैलाई स्वागत गर्न आतुर रहेको जनाउँदै भव्य उद्घाटन समारोहमा उपस्थित भई हौसला प्रदान गर्न सम्पूर्णमा अनुरोध गरेको छ।
नयाँ व्यावसायिक यात्राको सफलताको शुभकामना!