जापानमा व्यवसायसँगै समाजसेवामा सक्रिय युवा व्यवसायी कृपण दाहाललाई जन्मदिनको शुभकामना

theoutsidenepal.com

जापानमा व्यवसायसँगै समाजसेवामा सक्रिय युवा व्यवसायी कृपण दाहाललाई जन्मदिनको शुभकामना

द टन न्युज । विशेष रिपोर्ट ।

जापानमा रहेर व्यवसाय, उद्यमशीलता र समाजसेवाका क्षेत्रमा सक्रिय युवा व्यवसायी एवं समाजसेवी कृपण दाहालको जन्मदिनको अवसरमा शुभकामना तथा प्रशंसाका सन्देशहरू व्यक्त भइरहेका छन्।

अत्यन्तै सहृदयी, निष्कपट र सहयोगी स्वभावका धनी दाहाल जापानमा रेस्टुरेन्ट व्यवसायदेखि एभरेष्ट कर्पोरेसनसम्म विभिन्न व्यावसायिक गतिविधिमा आबद्ध रहँदै आएका छन्। व्यावसायिक सफलतासँगै नेपाली समुदाय र सामाजिक सेवाका गतिविधिमा समेत उनको सक्रियता उल्लेखनीय रहेको छ।

युवा उमेरमै व्यवसाय र समाजसेवालाई सँगसँगै अघि बढाइरहेका दाहाल सहयोगी भावना, आत्मीय व्यवहार र सामाजिक उत्तरदायित्वका कारण परिचित छन्।

यसै अवसरमा उनलाई शुभकामना व्यक्त गर्दै एक शुभेच्छुकले भनेका छन्, “दाइको निःस्वार्थ साथ, सहयोग र मार्गदर्शन मेरो लागि सधैँ ऊर्जा र प्रेरणाको स्रोत रहँदै आएको छ। हजुरले दिनुभएको अमूल्य सल्लाह, सुझाव र देखाउनुभएको बाटोप्रति म सधैँ आभारी छु।”

उनको आगामी व्यावसायिक तथा सामाजिक जीवनले थप उचाइ हासिल गरोस्, नयाँ अवसर र सफलताका ढोकाहरू खुल्दै जाऊन् भन्ने कामना गरिएको छ।

द टन न्युज परिवारको तर्फबाट पनि युवा व्यवसायी तथा समाजसेवी कृपण दाहाललाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

जन्मदिनको हार्दिक शुभकामना, कृपण दाहाल ज्याक श्री!


प्रतिक्रिया