पोखरामा आयोजित जलवायु सम्मेलनमा नेपाल हिमालयको आकस्मिक बाढी जोखिमबारे प्रस्तुति

theoutsidenepal.com


पोखरामा आयोजित जलवायु सम्मेलनमा नेपाल हिमालयको आकस्मिक बाढी जोखिमबारे प्रस्तुति



Annapurna Climate Conference & Machhapuchhre Dialogue अन्तर्गत पोखरामा आयोजित कार्यक्रममा नेपाल हिमालय क्षेत्रमा बढ्दो आकस्मिक बाढी जोखिमबारे महत्वपूर्ण प्रस्तुति गरिएको छ।


मे ५, २०२६ मा आयोजित कार्यक्रममा “भू–आकृति विज्ञान र अकस्मात बाढी जोखिम: नेपाल हिमालय एक अध्ययन (Geomorphology and Flash Flood Hazard: A Study of the Nepal Himalaya)” विषयमा प्रस्तुति दिँदै वक्ताले हिमाली भू–बनोट र जलवायु परिवर्तनका कारण आकस्मिक बाढीको जोखिम तीव्र रूपमा बढिरहेको बताएका हुन्।


प्रस्तुतिमा नेपाल हिमालयको कमजोर भू–संरचना, तीव्र वर्षा, हिमताल र पहिरोका कारण अचानक आउने बाढीले मानव बस्ती, पूर्वाधार तथा पर्यावरणमा गम्भीर असर पारिरहेको उल्लेख गरिएको थियो। साथै जलवायु परिवर्तनका कारण यस्ता विपद् अझ बढी दोहोरिन थालेको र यसको प्रभाव पनि गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो।


कार्यक्रममा हिमालय संरक्षण र दिगो वातावरणीय व्यवस्थापनका विषयमा विज्ञहरूबीच व्यापक छलफल भएको थियो। कार्यक्रममा सहभागीहरूले हिमाली क्षेत्रको जोखिम न्यूनीकरण, अनुसन्धान र सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।


वक्ताले सम्मेलनलाई महत्वपूर्ण संवाद र अनुभव आदानप्रदानको अवसरका रूपमा उल्लेख गर्दै आयोजक संस्था Save Our Himalaya First का अध्यक्ष Dil B. Nepali तथा सम्पूर्ण आयोजकप्रति आभार व्यक्त गरेका छन्।


प्रतिक्रिया