राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलका नेता तथा माननीय सांसद ज्ञानेन्द्र शाहीले विगतका दुःख र संघर्षले आफूहरूलाई कमजोर नभई झन् दृढ बनाएको उल्लेख गर्दै शक्तिशाली सन्देश सार्वजनिक गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत “विगतका दुःखहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं” भन्ने भाव व्यक्त गर्दै राष्ट्र निर्माणको अभियानमा सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
उक्त सन्देशसँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको तस्वीर समेत सार्वजनिक गरेका छन्, जसले राजनीतिक वृत्तमा थप चर्चा र चासो सिर्जना गरेको छ।
दुई फरक राजनीतिक धारका नेताहरूबीचको यो आत्मीय झल्कोले सम्भावित सहकार्य, समझदारी वा नयाँ राजनीतिक सन्देशको संकेतका रूपमा समेत हेरिएको छ। सामाजिक सञ्जालमा उक्त तस्वीर र सन्देशले समर्थकहरूबीच उत्साह थप्दै “एकता र सहकार्य”को बहसलाई समेत पुनः जिवित बनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो सन्देशले देशमा स्थायित्व, सहकार्य र साझा लक्ष्यतर्फ उन्मुख राजनीतिक वातावरण निर्माणमा सकारात्मक संकेत दिन सक्छ।