पोखरा विमानस्थल अनियमितता प्रकरण : पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बिहीबार विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता प्रकरणमा कार्कीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार विमानस्थल निर्माण प्रक्रियामा आर्थिक अनियमितता, लागत वृद्धि तथा विभिन्न निर्णयमा बदनियतपूर्ण भूमिका रहेको आरोपसहित मुद्दा दायर गरिएको हो ।
कार्कीविरुद्ध ३ अर्ब रुपैयाँभन्दा बढी विगो मागदाबी गरिएको बताइएको छ ।
यस प्रकरणलाई पछिल्लो समय सार्वजनिक भएको ठूला भ्रष्टाचार मुद्दामध्ये एक रूपमा हेरिएको छ । मुद्दा दर्तापछि राजनीतिक वृत्तमा समेत तरंग सिर्जना भएको छ ।