गृहमन्त्री सुदन गुरुङलाई भावुक बिदाई, आईजीपीबाट यादगार तस्बिर हस्तान्तरण

theoutsidenepal.com

गृहमन्त्री सुदन गुरुङलाई भावुक बिदाई, आईजीपीबाट यादगार तस्बिर हस्तान्तरण


काठमाडौं।

गृहमन्त्री पदबाट राजीनामा दिएका सुदन गुरुङ लाई गृह मन्त्रालय, सिंहदरबारमा एक भावुक बिदाई कार्यक्रमका बीच सम्मानपूर्वक विदा गरिएको छ।


कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख दान बहादुर कार्की ले गुरुङलाई विशेष सम्झनाका रूपमा दुवैको संयुक्त तस्बिर फ्रेमिङ गरी हस्तान्तरण गर्नुभयो। उक्त क्षणले कार्यक्रममा उपस्थित अधिकारीहरूलाई भावुक बनाएको बताइएको छ।


बिदाई कार्यक्रममा गृह मन्त्रालयका उच्च अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले गुरुङको कार्यकालमा देखिएको सक्रियता, निर्णय क्षमता र नेतृत्वको प्रशंसा गर्दै सफल भविष्यको कामना गरेका थिए।


गुरुङले आफ्नो कार्यकालमा साथ दिने सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै देश र जनताको सेवामा सधैं समर्पित रहने प्रतिबद्धता दोहोर्‍याउनुभयो।


उक्त कार्यक्रमले छोटो समयमै भए पनि गृहमन्त्रीका रूपमा गुरुङले छोडेको प्रभाव र सम्बन्धको झल्को दिएको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया