अन्तर्राष्ट्रिय मञ्चमा चम्किए युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’, विश्व कीर्तिमानसँग जोडिँदै सम्मानित

theoutsidenepal.com

काठमाडौं — नेपालका प्रभावशाली युवा उद्यमी Parashuram Chauhan ‘प्रलाद’ अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित Universal Book of World Records द्वारा सम्मानित भएका छन्। उनलाई ‘गतिशील युवा उद्यमी’ विधामा प्रदान गरिएको उक्त सम्मानले नेपाली युवाको क्षमता विश्वसामु उजागर गरेको छ।


भारतको गोवास्थित Baga Beach मा आयोजित भव्य अन्तर्राष्ट्रिय समारोहमा चौहानलाई सम्मान गरिएको हो। नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला तथा व्यवसाय क्षेत्रका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


ताप्लेजुङबाट संघर्ष गर्दै राजधानी काठमाडौंमा स्थापित भएका चौहान स्वास्थ्य सेवा, डायग्नोस्टिक्स र परामर्श क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न उद्यममार्फत प्रभावकारी नेतृत्व प्रदर्शन गर्दै उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच उत्कृष्ट सन्तुलन कायम गरेका छन्।


सम्मान ग्रहण गर्दै चौहानले आफ्नो सफलता व्यक्तिगत नभई सामूहिक प्रयासको परिणाम भएको बताए। “यो उपलब्धि मेरो मात्र होइन, परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीको विश्वासको प्रतिफल हो,” उनले भने।


उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै नेपाली युवामा रहेको क्षमता, दूरदृष्टि र प्रतिबद्धता विश्वसामु प्रस्तुत भएको बताए। आगामी दिनमा अझ ठूलो लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।


संघर्षबाट सफलताको शिखरसम्म पुगेका चौहान भन्छन्, “म पनि ग्रासरुटबाट यहाँसम्म आएको हुँ, गरे के हुन्न र? तर सबै कुरा आफैंमा भर पर्छ।”


व्यवसायसँगै कलाकारिता, सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय चौहानले आफ्नो पहलमार्फत धेरैलाई रोजगारी दिएका छन् भने समाजसेवामा पनि अग्रसर रहेका छन्। विशेष गरी कोभिड महामारीदेखि हालसम्म उनले धेरै पीडितको सहयोग गर्दै मानव सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।


यो सम्मान केवल एक व्यक्तिको सफलता होइन, सम्पूर्ण नेपाली युवाको सम्भावनाको प्रतीक हो।


प्रतिक्रिया