प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रेस सहजकर्ताका रूपमा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्। उनलाई स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा प्रदान हुने गरी नियुक्त गरिएको स्रोतले जनाएको छ।
बजगाईं यसअघि बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा कार्यरत थिए। ललितपुर स्थायी घर भएका उनी लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्।
मेयर शाहको सचिवालयमा रहेर काम गरिसकेका बजगाईं पछिल्लो निर्वाचनमा समेत सक्रिय रूपमा संलग्न थिए। अब प्रधानमन्त्रीको रूपमा शाहको कार्यकालमा उनी प्रेस व्यवस्थापन र सञ्चार समन्वयको जिम्मेवारी सम्हाल्नेछन्।
31 March 2026