क्यालिफोर्नियामा नेपाली स्वादको नयाँ गन्तव्य : “एभरेस्ट ग्रोसरी” सञ्चालनमा
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित Everest Grocery नेपाली समुदायका लागि नयाँ आकर्षणका रूपमा सञ्चालनमा आएको छ। युवा व्यवसायी Prince Yubaraj Karki ले आफ्नो सामाजिक सञ्जालमार्फत ग्रोसरी सञ्चालनमा आएको जानकारी दिँदै सबैलाई सहयोग र साथका लागि आग्रह गरेका छन्।
न्यूआर्क–फ्रिमन्ट क्षेत्रमा रहेको उक्त ग्रोसरीमा नेपाली, भारतीय तथा एसियाली समुदायलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री, मसला, खाद्यान्न तथा नेपाली स्वादका विभिन्न परिकारसँग सम्बन्धित सामग्री उपलब्ध गराइने जनाइएको छ।
विदेशमा रहेर पनि नेपाली स्वाद, संस्कार र आत्मीयतालाई जोड्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको “एभरेस्ट ग्रोसरी” ले स्थानीय नेपाली समुदायलाई सहज सेवा प्रदान गर्ने विश्वास लिइएको छ।
युवा व्यवसायी कार्की लामो समयदेखि क्यालिफोर्नियामा नेपाली समुदायबीच सक्रिय रहँदै आएका छन्। उहाँले व्यवसायसँगै नेपाली समुदायलाई एकताबद्ध बनाउने विभिन्न गतिविधिमा पनि योगदान दिँदै आउनुभएको छ।
स्थानीय नेपालीहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै यसले नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका छन्।