काठमाडौं — शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर का अनुसार उनलाई बयानका लागि नियन्त्रणमा लिइएको हो।
‘बयानका लागि बोलाएका थियौं, उहाँ विभागमा उपस्थित हुनुभएको छ,’ ठाकुरले बताएका छन्। विभागले अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार उनलाई शुक्रबार राति नै नियन्त्रणमा लिइएको हो। यसअघि पनि अग्रवाल २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन अत्यधिक मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए। उक्त घटनामा उनी पछि तारेखमा रिहा भएका थिए।
हाल उनको मुद्दामा थप अनुसन्धान भइरहेको छ।
05 April 2026