काठमाडौं — समाजसेवी तथा युवा नेता डा. अबुल हुसेन अन्सारी ले सकारात्मक सोच र सानो प्रयासबाटै समाजमा ठूलो परिवर्तन ल्याउन सकिने सन्देश दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको स्टाटसमा हरेक दिनलाई खुशीको कारण बनाउँदै जीवनलाई पूर्ण रूपमा बाँच्न आग्रह गरेका छन्। “सानो प्रयासले पनि ठूलो परिवर्तन आउँछ। हरेक दिनलाई खुशीको कारण बनाउँ, मुस्कान फैलाऔं र जीवनलाई पूर्ण रूपमा बाँचौं,” उनले उल्लेख गरेका छन्।
अन्सारीले जीवनका हरेक क्षणमा सकारात्मकता छान्ने हो भने जीवन अझ उज्यालो र सार्थक बन्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले मुस्कानलाई सबैभन्दा सुन्दर उपहारको रूपमा व्याख्या गर्दै अरूलाई खुशी बाँड्दा आफ्नै सुन्दरता अझ बढ्ने बताएका छन्।
उनको यो सन्देशले समाजमा सकारात्मक सोच, सहकार्य र मानवियताको भावना फैलाउन थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।