माछापुच्छ्रे संवाद सम्पन्न, १५ बुँदे घोषणा पत्र जारी गर्दै अन्नपूर्ण जलवायु सम्मेलनलाई निरन्तरता दिने प्रतिबद्धता

theoutsidenepal.com

माछापुच्छ्रे संवाद सम्पन्न, १५ बुँदे घोषणा पत्र जारी गर्दै अन्नपूर्ण जलवायु सम्मेलनलाई निरन्तरता दिने प्रतिबद्धता



पोखरा । अन्नपूर्ण जलवायु सम्मेलन २०२६ अन्तर्गत दोस्रो हिमालय बहसको रूपमा आयोजित “माछापुच्छ्रे संवाद” सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिने कार्यक्रम (मे ५–६) पश्चात सम्मेलनले १५ बुँदे “माछापुच्छ्रे घोषणा पत्र” जारी गर्दै यस सम्मेलनलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


सम्मेलनको उद्घाटन सुरेन्द्रराज पाण्डे ले पोखरामा गरेका थिए भने समापन गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय का मन्त्रीद्वारा माछापुच्छ्रे गाउँपालिका–२ चौर मा गरिएको थियो।


कार्यक्रम अन्तर्गत आयोजना गरिएको “Field School and Interaction” सत्र गणेशमान गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो, जसमा जलवायु परिवर्तन, हिमाली क्षेत्रका चुनौती तथा स्थानीय समाधानका विषयमा व्यापक छलफल गरिएको थियो।


कार्यक्रममा विभिन्न आयोजक तथा सहयोगी संस्थाहरू, विज्ञ प्रस्तोता, प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका तर्फबाट सबैप्रति आभार व्यक्त गरिएको छ।


साथै, सेती नदी बाढी २०१२ बाट भएको जनधनको क्षतिको स्मृतिमा यो कार्यक्रम हरेक वर्ष आयोजना गरिँदै आएको जानकारी दिइएको छ।


प्रतिक्रिया