अमेरिकामा रहँदै व्यवसाय गर्दै आएका युवा उद्यमी प्रिन्स युवराज कार्की ले नेपालको समसामयिक राजनीतिक परिवेशप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले “बल्ल देशले बालेन शाह जस्तो असल प्रधानमन्त्री पाएछ” भन्दै नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरेका हुन्।
कार्कीले आफ्नो स्टाटसमा ताली र सम्मानका संकेतहरू राख्दै प्रधानमन्त्री बालेन शाह प्रति सम्मान प्रकट गरेका छन्। उनको यो अभिव्यक्तिलाई देशभित्र र विदेशमा रहेका नेपाली समुदायले चासोका साथ हेरेका छन्।
विदेशमा रहेर पनि नेपालको राजनीतिक अवस्था र नेतृत्वप्रति चासो राख्दै आएका कार्की जस्ता युवाहरूको प्रतिक्रिया अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। उनका अनुसार देशले सक्षम र इमानदार नेतृत्व पाएसँगै अब विकास र सुशासनको अपेक्षा अझ बलियो बनेको छ।
हाल विश्वभर फैलिएका नेपाली युवाहरूले पनि नेपालको राजनीतिक परिवर्तनलाई नजिकबाट नियालिरहेका छन् र सकारात्मक कदमप्रति समर्थन जनाइरहेका छन्।