काठमाडौं — जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) Angur GC देशभरका प्रहरीमध्ये सर्वोत्कृष्ट घोषित भएका छन्।
Nepal Police प्रधान कार्यालयले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा तथा न्याय सम्पादनमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो।
प्रहरी सेवामा जिम्मेवारी बहन गर्ने क्षमताका आधारमा जिसी सक्षम र अनुशासित अधिकृतका रूपमा चिनिन्छन्। वि.सं. २०५४ चैत १६ गते असईबाट प्रहरी सेवामा प्रवेश गरेका उनले २०६१ जेठ १५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा उक्लिएका थिए।
कार्यसम्पादन, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीका आधारमा उत्कृष्टता हासिल गरेका जिसीलाई प्रहरी संगठनभित्र अनुकरणीय अधिकृतका रूपमा हेरिएको छ।
22 April 2026