काठमाडौँ/क्यालिफोर्निया — युवा व्यवसायी प्रितेस कार्कीले अमेरिकाको Bay Area मा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भव्य कार्यक्रम आयोजना हुने जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटस अनुसार, आगामी अप्रिल ४ तारिखमा Nepali Community Center मा आयोजना हुने उक्त कार्यक्रम Bay Area कै सबैभन्दा ठूलो नेपाली समुदाय केन्द्रित कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ।
कार्यक्रममा परिवार तथा साथीभाइसँग सहभागी भई नेपाली संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सव मनाउन सबैलाई आग्रह गरिएको छ। आयोजकका अनुसार, यो केवल कार्यक्रम मात्र नभई नेपाली पहिचान र गर्व झल्काउने विशेष अवसर हुनेछ।
“आउनु है, हामी तपाईंको पर्खाइमा हुनेछौं,” भन्ने सन्देशसहित सम्पूर्ण नेपाली समुदायलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ।