प्रहरी गुण्डागर्दीविरुद्ध विशेष अभियान सुरु, १७ जना नियन्त्रणमा

theoutsidenepal.com


काठमाडौं — सरकारले नयाँ जनादेश पाएपछि सक्रिय बनेको प्रहरीले गुण्डागर्दीविरुद्ध विशेष अभियान सुरु गरेको छ। अभियानको क्रममा गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।


अपराध अनुसन्धान कार्यालय (सीआईबी) र प्रहरी परिसर, काठमाडौंले विभिन्न स्थानबाट गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेका छन्। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार, शुक्रबार राति मात्रै उपत्यकाका विभिन्न ठाउँबाट १३ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरुमध्ये अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोस लगायत रहेका छन्।


यस्तै, प्रहरी परिसर काठमाडौंले ४ जनालाई नियन्त्रणमा लिएको छ। परिसरका अनुसार श्याम लामा समूहका प्रविण गुरुङ, बाफल क्षेत्रमा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरिएको छ।


प्रहरीले पछिल्लो समय विभिन्न सरकारी कार्यालयमा बिचौलियाहरुको दखल र बिगबिगीको गुनासो आएपछि उनीहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। अभियानले गुण्डागर्दी र बिचौलियाहरुको कानूनी दायरामा ल्याउन सरकारको स्पष्ट नीति अनुरूप काम भइरहेको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया