प्रधानमन्त्री बालेन्द्र शाहलाई एमाले नेताको पनि समर्थन

theoutsidenepal.com

काठमाडौं। देशमा सुकुम्बासी व्यवस्थापन र अतिक्रमित जमिन खाली गर्ने अभियानलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह लाई प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेताबाट समेत समर्थन प्राप्त भएको छ।


एमालेका युवा नेता प्रकाश पौडेल ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको थापाथली मोडलको खुलेर प्रशंसा गरेका छन्। उनले उक्त शैलीलाई “व्यवस्थित र मानवीय” भन्दै वास्तविक सुकुम्बासीलाई रोजगारीसहित दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।


उनका अनुसार, “सक्कली सुकुम्बासीहरू पीडामा छन्—उनीहरूले रोए, कराए र आफ्नो अवस्था देखाए,” भने “जससँग सम्पत्ति भएर पनि सुकुम्बासीको नाममा फाइदा लिन खोज्नेहरू भने अवसर देख्ने बित्तिकै भागेका छन्।”


नेता पौडेलले दशकौँदेखि जटिल बन्दै आएको समस्याको समाधानका लागि चरणबद्ध रणनीति आवश्यक रहेको उल्लेख गर्दै, सूचना, सहयोग, अस्थायी व्यवस्थापन, प्रमाणिकरण र स्थायी समाधानको मोडल प्रभावकारी देखिएको बताएका छन्।


प्रधानमन्त्री शाह नेतृत्वको सरकारले अघि बढाएको यो अभियानमा प्रतिपक्षी दलका नेताबाट आएको समर्थनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। विश्लेषकहरूका अनुसार, यसले सुकुम्बासी व्यवस्थापन जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमतिको संकेत दिएको छ।


सरकारले अब वास्तविक सुकुम्बासीको पहिचान गर्दै उनीहरूलाई सम्मानजनक आवाससँगै रोजगारी सुनिश्चित गर्न सकेमा दीर्घकालीन समाधान सम्भव हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया