बालेन शाहको नेतृत्वमा रास्वपाले १६० भन्दा बढी सिट जित्ने दाबी — अमरेश सिंह
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश सिंह ले आगामी निर्वाचनमा पार्टीले ऐतिहासिक सफलता हासिल गर्ने दाबी गरेका छन्। उनले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा रास्वपाले १६० सिटभन्दा बढी जित्ने दाबी सार्वजनिक रूपमा गरेका हुन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै नेता सिंहले वर्तमान राजनीतिक परिदृश्यमा जनताको भरोसा परम्परागत दलहरूबाट टुट्दै गएको र नयाँ, परिवर्तनकारी शक्तितर्फ आकर्षण बढिरहेको बताए। उनका अनुसार रास्वपा अब केवल वैकल्पिक शक्ति नभई मुख्य राजनीतिक शक्ति का रूपमा उदाउँदैछ।
अमरेश सिंहको भनाइमा आगामी निर्वाचन केवल सिटको प्रतिस्पर्धा नभई राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिताको चुनाव हुनेछ।रास्वपाले भ्रष्टाचारविरुद्धको एजेन्डा, सुशासन र जनउत्तरदायी राजनीतिलाई मुख्य मुद्दा बनाउँदै चुनावमा होमिने तयारी गरिरहेको उनले बताए।