विवादित न्यायाधीशविरुद्ध महाअभियोग र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नेमाथि कारबाहीको तयारीमा रास्वपा

theoutsidenepal.com

विवादित न्यायाधीशविरुद्ध महाअभियोग र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नेमाथि कारबाहीको तयारीमा रास्वपा


द टन न्युज । काठमाडौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवादमा मुछिएका न्यायाधीशहरूविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने तयारी गरेको छ। पार्टीको सचिवालय बैठकले यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको बताइएको छ।

रास्वपा सभापति रवि लामिछानेले संविधानविपरीत कार्य गर्ने जोकोही पनि कानुनी कारबाहीको भागीदार हुने स्पष्ट पारेका छन्। उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारलाई तर्साउने तथा पक्राउ गर्न आदेश दिनेहरूमाथि समेत कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेका छन्।

सभापति लामिछानेको भनाइसँगै प्रेस स्वतन्त्रता, मानवअधिकार र नागरिक अधिकारको संरक्षणको विषय पुनः चर्चामा आएको छ। लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले निर्भीक रूपमा समाचार सम्प्रेषण गर्न पाउनुपर्ने र पत्रकारले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्दा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नहुने सरोकारवालाहरूको जोड रहँदै आएको छ।


प्रतिक्रिया