नुवाकोटका १८ परिवारलाई ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर वितरण
नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल तथा राष्ट्रिय समन्वय परिषद्का पञ्जीकृत सदस्यहरूको विशेष अनुरोधमा नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेमा १८ घरपरिवारलाई आवश्यक सामग्री वितरण गरिएको छ।
माघ २८ गते आइतबार आयोजित कार्यक्रममा प्रभावित तथा आवश्यकतामा रहेका १८ परिवारलाई ग्यास सिलिन्डर, ग्यास चुलो र प्रेसर कुकर लगायतका सामग्री हस्तान्तरण गरिएको हो।
प्रत्येक परिवारलाई एक–एक थानका दरले १८ थान ग्यास सिलिन्डर, १८ थान ग्यास चुलो र १८ थान प्रेसर कुकर वितरण गरिएको बताइएको छ।
सहयोग प्राप्त गर्ने परिवारहरूमा कुवेतमा रहेका नारायणप्रसाद नेपाल, कतारमा रहेका भरतप्रसाद नेपाल, साउदी अरेबियामा रहेका विजय कोइरी, अमेरिकामा रहेका राम कोइरी, साउदी अरेबियामै रहेका पुष्पहरीप्रसाद नेपाल, बैकुण्ठ नेपाल (ज्ञानी), कल्पना राउत, अमेरिकाका ओमन नेपाल, दुबईका कुमारप्रसाद नेपाल, साउदी अरेबियाका साधुराम थापा मगरलगायत रहेका छन्।
त्यसैगरी दुबईका भरत गौतम, डेन्मार्कका धर्मकुमार शाही, दुबईका बिक्रम ढकाल र निर्मल कोइराला, कतारका दीपक ढकाल र सुरजकुमार शाही, अस्ट्रेलियाका सन्तोषकुमार थापा मगर, दुबईका ज्ञानबहादुर थापा मगर तथा अस्ट्रेलियाका सुरेन्द्र आचार्यको अनुरोधमा समेत सम्बन्धित परिवारलाई सामग्री उपलब्ध गराइएको जनाइएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उपाध्यक्ष तिलक गैरे तथा उहाँको सम्पूर्ण परिवारप्रति सहयोगका लागि हार्दिक आभार व्यक्त गरिएको छ।
कार्यक्रमले विदेशमा रहेका नेपालीहरू र मातृभूमिमा रहेका परिवारबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै ‘प्रवासी नेपालीको सहयोग, स्वदेशमा रहेका नेपालीको जीवनमा राहत’ भन्ने भावनालाई व्यवहारमा उतारेको आयोजक पक्षको भनाइ छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा विपद् व्यवस्थापन संयोजक मनोज गोर्खालीले सहयोग तथा समन्वयमा जोडिनुहुने सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, सहयोगदाता तथा परिवारप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनका अनुसार विपद् तथा कठिन परिस्थितिमा रहेका नेपाली परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
द टन न्युज ॥ नुवाकोट
#NRNA #NCC #DisasterManagement #TilakGaire #ManojGorkhali #Nuwakot #Tupche #NepaliDiaspora #Teamwork #Supporters