कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना : लोकनाथ अधिकारीले दिए लोकतान्त्रिक एकता र नयाँ ऊर्जाको सन्देश
द टन न्युज । विशेष रिपोर्ट
काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी लोकनाथ अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्।
अधिकारीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल, सार्थक र फलदायी बन्ने विश्वास व्यक्त गरेका हुन्।
उनले फरक विचार र मतभेद लोकतान्त्रिक अभ्यासका स्वाभाविक पक्ष भएको उल्लेख गर्दै संवाद, सहकार्य र आपसी सम्मानमार्फत मतभेदलाई पार्टीको एकता र नयाँ ऊर्जामा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्।
अधिकारीले कांग्रेसको नयाँ पुस्ताका नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेलगायतको अनुभव, सक्रियता र नेतृत्वले पार्टीलाई समयअनुकूल अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने आशासमेत व्यक्त गरेका छन्।
उनका अनुसार नेपाली कांग्रेस देशको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्वपूर्ण राजनीतिक शक्ति भएकाले पार्टी अझ एकताबद्ध, सशक्त र जनमुखी भएर अघि बढ्न आवश्यक छ।
अधिकारीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै पार्टीको आगामी दिशा, नेतृत्व र नीतिनिर्माणमा सक्रिय भूमिका निर्वाह गर्नसमेत आह्वान गरेका छन्।
अमेरिकामा रहेर पनि नेपाली कांग्रेसको राजनीतिक गतिविधि तथा पार्टीको भविष्यबारे निरन्तर चासो राख्दै आएका अधिकारीको पछिल्लो शुभकामना सन्देशले प्रवासमा रहेका कांग्रेस समर्थक तथा लोकतन्त्रप्रेमी नेपालीहरूको भावनालाई समेत प्रतिनिधित्व गरेको देखिन्छ।
अधिकारीले अन्त्यमा कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र थप एकता, ऊर्जा र जनमुखी राजनीतिक संस्कार विकास गर्न सकोस् भन्दै महाधिवेशनको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
“संवाद, सहकार्य र आपसी सम्मानबाट मतभेदलाई पार्टीको एकता र नयाँ ऊर्जामा बदलौँ” — लोकनाथ अधिकारी