९४ वर्षीया आमाको आशीर्वाद नेपाली कांग्रेसलाई, कांग्रेस नेता लोकनाथ अधिकारीद्वारा भिडियोसहित स्टाटस सार्वजनिक
नेपालगञ्ज — नेपाली कांग्रेसका नेता लोकनाथ अधिकारीले ९४ वर्षीया एक आमाले नेपाली कांग्रेसलाई दिएको आशीर्वादसम्बन्धी भिडियोसहितको स्टाटस सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उक्त भिडियोमा वृद्ध आमाले कांग्रेसप्रति विश्वास र समर्थन व्यक्त गर्दै पार्टीको सफलताको कामना गरेको देखिन्छ।
नेता अधिकारीले आमाज्यूको सम्मान गर्दै साझा गरिएको स्टाटसमा बृद्ध–बृद्धाको आशीर्वादले पार्टीलाई थप ऊर्जा र प्रेरणा मिल्ने उल्लेख गरेका छन्। उनले समाजका ज्येष्ठ नागरिकहरूको अनुभव, आशिष् र मार्गदर्शन राजनीतिक यात्रामा महत्वपूर्ण रहने बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो अहिले चर्चा बटुलिरहेको छ भने समर्थकहरूले आमाको सम्मानप्रति सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्। साथै, विभिन्न व्यक्तिहरूले ज्येष्ठ नागरिकको सम्मान र आशीर्वादलाई उच्च मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।