राजशान्ति फाउन्डेसनका संस्थापक राजकुमार सुनार र शान्ति सुनारद्वारा विजया दशमीको शुभकामना

theoutsidenepal.com

राजशान्ति फाउन्डेसनका संस्थापक राजकुमार सुनार र शान्ति सुनारद्वारा विजया दशमीको शुभकामना

द टन न्युज । काठमाडौं ।

राजशान्ति फाउन्डेसनका संस्थापक राजकुमार सुनार (राजशान्ति) र शान्ति सुनारले नेपालीहरूको महान् पर्व विजया दशमी–२०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।


उनीहरूले विजया दशमीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। साथै, दसैँको यस पावन अवसरले परिवार, समाज तथा सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाओस् भन्ने कामना गरेका छन्।

असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमीले सकारात्मक सोच, मानवीय मूल्य, सामाजिक सद्भाव र सेवाभावलाई प्रोत्साहन गरोस् भन्ने सन्देशसमेत उनीहरूको शुभकामनामा व्यक्त भएको छ।

राजशान्ति फाउन्डेसनमार्फत सामाजिक सद्भाव र मानवीय सेवाको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आबद्ध संस्थापकद्वय राजकुमार सुनार (राजशान्ति) र शान्ति सुनारले सबैको घरपरिवारमा सुख, शान्ति र खुसी छाओस् भन्दै पुनः विजया दशमी–२०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

विजया दशमी–२०८३ को हार्दिक मंगलमय शुभकामना!


प्रतिक्रिया