कांग्रेसको १५औँ महाधिवेशनको चटारो : रमेश श्रेष्ठ र भुवानी प्रसाद तिमिल्सिना नेपाल आउँदै
द टन न्युज । विशेष रिपोर्ट
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशनमा सहभागी हुन देश–विदेशबाट कांग्रेसका नेता तथा प्रतिनिधिहरू मातृभूमि नेपाल फर्किने क्रम तीव्र बनेको छ।
यसै क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं एनआरएनए नेता रमेश श्रेष्ठ र नेपाली जनसम्पर्क समिति, यूएईका सभापति एवं महासमिति सदस्य भुवानी प्रसाद तिमिल्सिना महाधिवेशनमा सहभागी हुन नेपाल आउँदै छन्।
यूएईमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण तथा प्रवासी नेपाली समुदायसँग जोडिएका गतिविधिमा सक्रिय श्रेष्ठ र तिमिल्सिनाको नेपाल आगमनसँगै कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी थप बढेको छ।
महाधिवेशनलाई केन्द्रमा राख्दै कांग्रेसभित्र भेटघाट, छलफल, प्रतिनिधिहरूको तयारी तथा संगठनात्मक गतिविधिले तीव्रता पाइरहेको छ। विदेशस्थित नेपाली जनसम्पर्क समिति तथा कांग्रेससम्बद्ध नेताहरू पनि महाधिवेशनमा सहभागी हुन नेपाल फर्किन थालेपछि महाधिवेशनको माहोल अन्तर्राष्ट्रियस्तरसम्म विस्तार भएको देखिएको छ।
महासमिति सदस्य रमेश श्रेष्ठ र नेपाली जनसम्पर्क समिति यूएईका सभापति एवं महासमिति सदस्य भुवानी प्रसाद तिमिल्सिना दुवैले महाधिवेशनलाई पार्टीको संगठन सुदृढीकरण, एकता र आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
तिमिल्सिनाले “परम्पराको सम्मान, परिवर्तनको संकल्प—समुन्नत नेपालका लागि सबल कांग्रेस” भन्ने संकल्पसहित महाधिवेशनमा सहभागी हुने बताएका छन्।
श्रेष्ठ र तिमिल्सिनाको नेपाल आगमनसँगै पार्टीका नेता, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच भेटघाट र छलफलसमेत थप सक्रिय हुने अपेक्षा गरिएको छ।
एकता, सहकार्य र नयाँ संकल्पसहित १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा प्रतिनिधिहरू स्वदेश फर्किने क्रम बढेसँगै नेपाली कांग्रेसको महाधिवेशनको चटारो व्यापक बन्दै गएको छ।