लोकप्रिय नायिका रेखा थापाको दोहोरो खुसी: नयाँ क्याफे Filli र नयाँ फिल्म ‘French Kiss’

theoutsidenepal.com

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा लोकप्रिय नायिका रेखा थापा ले एकैसाथ व्यवसाय र चलचित्र क्षेत्रमा सुखद खबर दिएकी छन्। चलचित्र अभिनयसँगै सफल उद्यमीको रूपमा समेत परिचित रेखा थापाले राजधानीको मुटु कमलादीस्थित स्काइवाक कम्प्लेक्समा ‘Filli’ नामक नयाँ क्याफे सञ्चालनमा ल्याएकी छन्।


नयाँ व्यवसायको सुरुवातसँगै रेखा थापालाई बधाइ दिँदै, चलचित्रकर्मीहरूबीच खुसी र उत्साहको माहोल देखिएको छ। यही क्रममा नयाँ चलचित्र ‘French Kiss’ मा औपचारिक सम्झौता सम्पन्न भएपछि नायिका रेखा थापा र अभिनेता अर्पण थापाबीच आत्मीय ठट्टा र रमाइलो क्षणहरू पनि देखिएका छन्।


पहिलो पटक नयाँ टिमसँग सहकार्य

चलचित्र ‘French Kiss’ मा अभिनेता अर्पण थापा र चर्चित साम्बाला अभिनेत्री थिन्ले ल्हामो सँग रेखा थापा पहिलो पटक एउटै टिममा देखिँदैछिन्। नयाँ संयोजन, फरक कथावस्तु र ताजा प्रस्तुतिका कारण चलचित्रप्रेमीहरू माझ यस फिल्मप्रति उत्सुकता बढेको छ।


रेखा थापा लामो समयदेखि नेपाली चलचित्र उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी एक सशक्त र लोकप्रिय नायिका हुन्। अभिनय, निर्माण र अब व्यवसायसम्म आइपुग्दा उनको सक्रियता र निरन्तरता प्रेरणादायी बनेको छ।


अन्ध–शुक्र सकिएसँगै खुसीका खबरहरू

अन्ध–शुक्र समाप्त भएसँगै यो वर्ष रेखा थापाका लागि थप विशेष र खुसीका खबरहरू आउने संकेत देखिएको छ। नयाँ फिल्म, नयाँ व्यवसाय र नयाँ सहकार्यले उनको करियर थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ।


नयाँ क्याफे ‘Filli’ र आगामी फिल्म ‘French Kiss’ दुवै सफल होउन् भन्ने कामनासहित TON Media रेखा थापालाई हार्दिक बधाइ तथा शुभकामना।


प्रतिक्रिया