अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक, पारदर्शिता र उत्तरदायित्वको सशक्त सन्देश

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति स्पष्ट प्रतिबद्धता जनाएका छन्। सार्वजनिक विवरणले आर्थिक क्षेत्रको नेतृत्व गरिरहेका व्यक्तिबाट आएको खुलापनलाई सकारात्मक रूपमा लिइएको छ।


विवरण अनुसार डा. वाग्लेको नाममा ३ करोड ५५ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ, जसले वित्तीय व्यवस्थापनमा जिम्मेवार दृष्टिकोण झल्काउँछ। अचल सम्पत्तितर्फ, ललितपुरको सानेपामा करिब २ करोड तथा ललितपुरमै ५ करोड बराबरका अपार्टमेन्ट, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको छ।


त्यस्तै, बैंक खातामा १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको छ भने पाँच विभिन्न कम्पनीमा ४ करोड रुपैयाँभन्दा बढीको शेयर लगानी रहेको उल्लेख गरिएको छ, जसले निजी क्षेत्रसँगको संलग्नता र लगानी क्षमतालाई देखाउँछ।


सुनतर्फ ४५ तोला रहेको छ भने ९४ लाख रुपैयाँमा खरिद गरिएको ‘सुबारु एक्सभी’ गाडी पनि विवरणमा समावेश गरिएको छ। जग्गातर्फ काठमाडौंको चन्द्रागिरिमा ३ रोपनी, चितवनको रत्ननगरमा ५ कठ्ठा र तनहुँको भानु क्षेत्रमा ६ रोपनी जग्गा रहेको छ।


सम्पत्ति विवरण सार्वजनिक गर्ने यो कदमले नागरिकमा विश्वास बढाउने, पारदर्शिता सुदृढ गर्ने र उत्तरदायी शासन प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया