निर्वाचन आयोगको निर्णयविरुद्ध संस्थापन पक्षको विरोध प्रदर्शन आह्वान

theoutsidenepal.com

काठमाडौँ, १७ माघ २०८२ – नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको निर्णयप्रति असन्तोष व्यक्त गर्दै संस्थापन पक्षका युवा नेता डा. अबुल हुसेन अन्सारी ले सडकमा उत्रिन लोकतन्त्रप्रेमीहरूमा हार्दिक आह्वान गरेका छन्।


डा. अन्सारीले The Outside Nepal Media लाई जानकारी दिँदै भने, “निर्वाचन आयोगको स्वेच्छाचारी र असंवैधानिक निर्णय हामीलाई स्वीकार्य छैन। लोकतन्त्रको रक्षा र नेपाली कांग्रेसको अखण्डताका लागि सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरू सडकमा उत्रिन तयार हुनुपर्छ।”


उनले विरोध प्रदर्शनको विवरण यस प्रकार दिएका छन्:


  • स्थान: माइतीघर मण्डला
  • मिति: २०८२ माघ ०४ गते
  • समय: बिहान १०:०० बजे



यस विरोध प्रदर्शन कार्यक्रमलाई नेपाली कांग्रेसका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरूले संयुक्त रूपमा आयोजना गर्ने जनाइएको छ।


प्रतिक्रिया