भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

theoutsidenepal.com

भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।

भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त रहेको अध्यक्ष पदका लागि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उम्मेदवारहरूबाट आवेदन माग गरेको थियो।

अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो। अन्तर्वार्तामा सहभागी सबै उम्मेदवारको मूल्याङ्कनपछि विज्ञ टोलीले सिग्देललाई अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

विज्ञ टोलीको सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष सिग्देलले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, व्यवस्थापन सुधार गर्ने तथा अस्पतालको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया