चितवन–२ की कांग्रेस उम्मेदवार मीना खरेलप्रति समर्थकको प्रशंसा, ‘सेवाका लागि भीड चाहिँदैन’

theoutsidenepal.com

चितवन । नेपाली कांग्रेसकी चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार मीना खरेलप्रति उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रशंसा र समर्थन व्यक्त गरेका छन्। समर्थकले लेखेको एक स्टाटसमा खरेललाई इमानदार, कर्मशील र जनताको सेवामा समर्पित नेतृका रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा सफलताको कामना गरिएको छ।


उक्त स्टाटसमा “खोला तर्न माछालाई डुङ्गा र चरालाई पुल चाहिँदैन, सेवा गर्न मीना दिदीलाई मान्छेको हुल चाहिँदैन” भन्दै उनको सेवाभाव र सरल नेतृत्व शैलीको प्रशंसा गरिएको छ। समर्थकले आजको राजनीतिक वातावरणमा इमानदारी दुर्लभ भएको उल्लेख गर्दै खरेललाई “मरुभूमिमा पानीको एक थोपा जस्तै शीतल आशा” का रूपमा व्याख्या गरेका छन्।


समर्थकहरूले खरेलको नेतृत्व संसदसम्म पुगेर सबैको आवाज बन्ने विश्वास व्यक्त गर्दै, जनताको लागि निरन्तर काम गरिरहेकी कर्मशील यात्रुका रूपमा उनको आगामी यात्राका लागि शुभकामना दिएका छन्। साथै, मतदातालाई मन र विवेकले सही निर्णय गर्न आग्रह गर्दै साँचो लोकतन्त्रको अभ्यास गर्न आह्वान गरिएको छ।


आगामी निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारप्रति समर्थकहरूबाट विभिन्न शैलीमा समर्थन र प्रचार–प्रसार तीव्र बन्दै गएको देखिन्छ।


प्रतिक्रिया