धादिङ — धादिङ क्षेत्र नम्बर २ का लागि योग्य र निष्ठावान नेतृत्वको आवश्यकता औंल्याउँदै स्थानीय तहमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा समर्थकहरूले श्री रामबहादुर भण्डारीलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग अपिल गरेका छन्।
यसैक्रममा त्रिपुरा सुन्दरी गाउँपालिका–७ मा नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधिमूलक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा मतदाताको सहभागिता रहेको थियो। छलफलमा क्षेत्रीय विकास, जनसरोकारका मुद्दा र आगामी निर्वाचनको रणनीतिबारे विचार आदानप्रदान गरिएको जनाइएको छ।
स्थानीय नेताहरूले सबै मिलेर धादिङ–२ मा विकासको नयाँ यात्रा सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। आगामी निर्वाचनलाई केन्द्रित गर्दै क्षेत्रभर राजनीतिक गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ।