उद्योग संरक्षण र आर्थिक समृद्धिमा जोड : झापा–५ का उम्मेदवार बालेन शाह

theoutsidenepal.com

झापा । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशको आर्थिक विकासका लागि उद्योग क्षेत्रलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उद्योगहरू देशको मेरुदण्ड भएको उल्लेख गरेका छन्।


उनले उद्योगहरूको विकासले देशभित्र रोजगारीका अवसर सिर्जना हुने, राष्ट्रिय आय वृद्धि हुने तथा समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै राज्यले उद्योगमैत्री नीति ल्याउनुपर्नेमा समेत उनले जोड दिएका छन्।


बालेनले विशेषगरी उदयपुर सिमेन्ट जस्ता राष्ट्रिय उद्योगहरूलाई संरक्षण तथा प्रबर्द्धन गर्न राज्यले स्पष्ट योजना र प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार स्वदेशी उद्योगलाई बलियो बनाउन सके देशको आर्थिक आधार मजबुत बन्ने र विदेशिने युवाशक्तिलाई स्वदेशमै अवसर प्रदान गर्न सकिनेछ।


आगामी निर्वाचनलाई लक्षित गर्दै उनले उद्योगमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्।


प्रतिक्रिया