अछाम–२ मा युवा नेता टेकबहादुर बिकको प्रभावशाली जित, ८१९ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

theoutsidenepal.com

अछाम–२ मा युवा नेता टेकबहादुर बिकको प्रभावशाली जित, ८१९ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

द टन न्युज । अछाम ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर २ बाट युवा नेता टेकबहादुर बिक प्रभावशाली मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा कुल १ हजार २१५ मत खसेकोमा बिकले ८१९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनले प्राप्त गरेको मतले पार्टी संगठनभित्र उनको राजनीतिक सक्रियता, जनसम्पर्क र युवा पुस्तामाझको प्रभावलाई उजागर गरेको समर्थकहरूको बुझाइ छ।


निर्वाचित भएपछि नेता बिकले आफूलाई मतदान गरी विजयी गराउने सम्पूर्ण वडा सभापति,  महाधिवेशन प्रतिनिधि, पार्टीका नेता तथा आफूलाई माया र साथ दिने अग्रजहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

बिकले आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कांग्रेसको लोकतान्त्रिक मूल्य, विचार र संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको यो विजयलाई अछाम–२ मा कांग्रेसभित्र युवा पुस्ताको सक्रियता र नेतृत्वप्रतिको आकर्षणको संकेतका रूपमा समेत हेरिएको छ।

टेकबहादुर बिक — ८१९ मत, विजयी।


प्रतिक्रिया