दशैं विशेष: जापानको तोचिगीमा अब नेपाली स्वादको ताजा खसीको मासु, Hamro Halal Mart मा उपलब्ध

theoutsidenepal.com

दशैं विशेष: जापानको तोचिगीमा अब नेपाली स्वादको ताजा खसीको मासु, Hamro Halal Mart मा उपलब्ध

द टन न्युज । विशेष रिपोर्ट

जापान । नेपालीहरूको महान् चाड बडादशैं नजिकिँदै गर्दा जापानको तोचिगी केनमा बसोबास गर्ने नेपालीहरूका लागि खुसीको खबर आएको छ। दशैंमा नेपाली पाराको ताजा खसीको मासुको स्वाद लिन चाहने नेपाली समुदायलाई लक्षित गर्दै Hamro Halal Mart ले खसीको ताजा मासु उपलब्ध गराएको छ।


दशैंको समयमा नेपाली भान्सामा खसीको मासुको विशेष महत्व रहने गर्दछ। परिवार, आफन्त र साथीभाइसँग बसेर नेपाली परिकारको स्वाद लिने परम्परालाई विदेशमा पनि निरन्तरता दिन चाहने नेपालीहरूका लागि Hamro Halal Mart को यो सेवा उपयोगी बन्न सक्नेछ।


मार्टले नेपाली शैलीमा विभिन्न भागको मासु मिसाएर तयार गरिएको ताजा खसीको मासु उपलब्ध गराएको जनाएको छ। जापानमा रहेर पनि नेपालकै जस्तो दशैंको स्वाद र पारिवारिक वातावरणको सम्झना गर्न चाहने नेपालीहरूलाई यो अवसर विशेष बन्न सक्छ।

मासुको कटिङबारे मार्टको स्पष्ट जानकारी

Hamro Halal Mart ले मासुको टुक्रा हेरेर भ्रममा नपर्न पनि ग्राहकहरूलाई अनुरोध गरेको छ। खुकुरीले काट्दा कठिनाइ हुने र मासुका टुक्रा आकर्षक नदेखिन सक्ने भएकाले मेसिनबाट कटिङ गरी मासु ल्याइएको मार्टले जनाएको छ। मेसिनबाट काट्दा मासुका टुक्रा हेर्दा राम्रो देखिने भएकाले यसरी तयार गरिएको मार्टको भनाइ छ।

दशैंका लागि आवश्यक ताजा खसीको मासु लिन चाहने ग्राहकहरूले समयमै सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नेछन्।

सम्पर्क तथा अर्डरका लागि

जापानको तोचिगी केनमा अवस्थित Hamro Halal Mart मा मासु उपलब्धताबारे जानकारी लिन तथा अर्डर गर्न निम्न माध्यमबाट सम्पर्क गर्न सकिनेछ।

  • फोन: 0287219098
  • मोबाइल: 08050643754
  • मोबाइल: 08052258358
  • अन्य माध्यम: Facebook Messenger, Viber तथा WhatsApp

नेपालीहरूको महान् चाड बडादशैंलाई विदेशमा पनि नेपाली स्वाद र संस्कृतिसँग जोड्ने उद्देश्यसहित उपलब्ध गराइएको यो सेवाले जापानमा रहेका नेपालीहरूलाई दशैंको तयारीमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

द टन न्युज
Accuracy, Balance and Credibility


प्रतिक्रिया