क्यान्सर रोगीको उपचारमा समन्वय गर्दै इशा प्रधान

theoutsidenepal.com

क्यान्सर रोगीको उपचारमा समन्वय गर्दै इशा प्रधान

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सदस्यको जिम्मेवारी सम्हालेलगत्तै इशा प्रधान आफ्नो जिम्मेवारीप्रति सक्रिय देखिनुभएको छ।

क्यान्सर रोगी ताम्रकारको शल्यक्रियाका लागि आवश्यक समन्वय गर्दै प्रधानले शल्यक्रियाको मिति सार्नुपर्ने विषयमा अस्पतालका मेडिकल डाक्टर तथा सम्बन्धित स्वास्थ्यकर्मीहरूको टोलीसँग निरन्तर छलफल र पहल गरिरहनुभएको छ।

रोगीको स्वास्थ्य अवस्था र उपचारलाई प्राथमिकतामा राख्दै उहाँले अस्पताल प्रशासन तथा चिकित्सकहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहनुभएको बताइएको छ।

जिम्मेवारी सम्हालेको सुरुवाती चरणमै बिरामीको उपचारसँग जोडिएको विषयमा सक्रियतापूर्वक पहल गर्नुले मानवीय सेवाप्रतिको उहाँको प्रतिबद्धता र जिम्मेवारीबोधलाई प्रतिबिम्बित गरेको छ।


प्रतिक्रिया