नेतृ पुष्पा भुसाल कांग्रेसको केन्द्रीय उपसभापतिमा निर्विरोध निर्वाचित
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट प्रभावशाली नेतृ पुष्पा भुसाल केन्द्रीय उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। उपसभापति पदमा भुसालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
भुसालको निर्विरोध निर्वाचितसँगै कांग्रेसभित्र उनको लामो राजनीतिक यात्रा, संगठनप्रतिको योगदान र नेतृत्व क्षमता थप स्थापित भएको बताइएको छ। लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र पार्टी संगठनलाई सुदृढ बनाउने अभियानमा भुसालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।
भुसाललाई बधाई दिँदै शुभेच्छुकहरूले कांग्रेसलाई थप एकताबद्ध, गतिशील र समयानुकूल बनाउन उनको नेतृत्वदायी भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। कांग्रेसको नीति, विचार र सिद्धान्तलाई वर्तमान राजनीतिक परिवेशअनुसार सुदृढ गर्दै पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्न भुसालको जिम्मेवारी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
विशेषगरी पार्टीभित्रको एकता, संगठन विस्तार, लोकतान्त्रिक संस्कारको संरक्षण तथा कांग्रेसलाई जनतासँग थप जोड्ने अभियानमा भुसालको भूमिका निर्णायक बन्ने विश्वास व्यक्त गरिएको छ।
१५औँ महाधिवेशनबाट उपसभापतिको जिम्मेवारी प्राप्त गरेकी भुसाललाई सफल, सार्थक र परिणाममुखी कार्यकालको शुभकामना व्यक्त गरिएको छ।