सुरक्षित इन्टरनेट दिवसमा एमाले नेता पृथ्वी सुब्बा गुरुङ्गको सन्देश

theoutsidenepal.com

काठमाडौं, २७ माघ २०८२ (१० फेब्रुअरी २०२६) – आज विश्वभर ‘स्मार्ट टेक, सेफ च्वाइसेस – एआईको सुरक्षित र जिम्मेवार प्रयोग’ भन्ने नारासहित सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ।


एमालेका नेता पृथ्वी सुब्बा गुरुङ्गले आफ्नो स्टाटसमार्फत इन्टरनेट र कृत्रिम बुद्धिमत्ता (AI) हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको उल्लेख गर्दै भनेका छन् कि पढाइ, काम, सूचना र सञ्चार सबै डिजिटल भएका कारण प्रविधिको प्रयोग झन् जिम्मेवार र सुरक्षित हुन आवश्यक भएको छ।


उनले विशेष रूपमा बालबालिका र युवालाई अनलाइन ठगी, गलत सूचना, गोपनीयता दुरुपयोग र साइबर जोखिमबाट जोगाउनु हाम्रो साझा जिम्मेवारी भएको जोड दिए। गुरुङ्गले अभिभावक, शिक्षक र समाजका सबैले मिलेर सुरक्षित, सकारात्मक र नैतिक डिजिटल संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।


सन्देशमा भनिएको छ, “आज मात्र होइन—हरेक दिन इन्टरनेट प्रयोग गर्दा सुरक्षित, सचेत र जिम्मेवार निर्णय गरौँ। स्मार्ट टेक प्रयोग गरौँ, सुरक्षित छनोट गरौँ। हामी सबै मिलेर डिजिटल भविष्य सुरक्षित बनाउन सक्छौँ।”


प्रतिक्रिया