कांग्रेस उपसभापतिमा विनोद चौधरीको अग्रता, ३८२ मत प्राप्त
काठमाडौं । द टन न्युज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको निर्वाचनमा उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीले अग्रता कायम गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार समावेशी उपसभापति पदमा चौधरीले ३८२ मत प्राप्त गरेका छन्।
चौधरीलाई जीवन परियारले ३३० मतसहित पछ्याइरहेका छन्। त्यस्तै फरमुल्लाह मन्सुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन्।
व्यवसायिक क्षेत्रबाट राष्ट्रिय राजनीतिमा सक्रिय चौधरी नेपाली कांग्रेसका नेता तथा उद्योगपतिका रूपमा परिचित छन्। कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदका लागि उनको उम्मेदवारी र प्राप्त मतले पार्टीभित्रको नेतृत्व चयन प्रक्रियालाई चासोपूर्ण बनाएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था र सीसीटीभी निगरानीबीच मतगणना जारी रहेको छ। सार्वजनिक पछिल्लो मतपरिणामअनुसार चौधरी अगाडि रहे पनि अन्तिम नतिजा भने बाँकी मतगणना सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ।
द टन न्युज