कैलाली — कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) को चुनावी अभियान तीव्र बन्दै जाँदा उनको पल्ला भारी भएको दाबी समर्थकहरूले गरेका छन्। Nepali Congress का तर्फबाट उम्मेदवार बनेका विष्टले “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को मूल मन्त्रसहित घरदैलो र जनभेटघाटलाई तीव्रता दिएका छन्।
“🌳 रुखमा छाप — समृद्धिको सुरुवात” भन्ने नारासहित अघि बढेका विष्टले जनताको विश्वास, स्पष्ट विकास योजना र सेवाप्रति प्रतिबद्ध नेतृत्वमार्फत समुन्नत कैलाली–४ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय तहमा सडक, कृषि आधुनिकीकरण, सिँचाइ, शिक्षा–स्वास्थ्य सुधार तथा युवाका लागि रोजगारी सिर्जनालाई उनले प्राथमिकतामा राखेका छन्।
चुनावी सभाहरूमा उल्लेख्य सहभागिता देखिँदा कैलाली–४ मा कांग्रेसको माहोल बलियो बन्दै गएको विश्लेषण गरिएको छ। विष्टको लामो राजनीतिक अनुभव, संगठनात्मक पकड र कार्यकर्तामाझको लोकप्रियताले उनलाई जित नजिक पुर्याएको समर्थकहरूको दाबी छ।
स्थानीय मतदाताहरूका अनुसार विकास र स्थायित्वको एजेन्डासहित अघि बढेका विष्टप्रति विश्वास बढ्दो छ। अबको निर्वाचन परिणामले कैलाली–४ को राजनीतिक दिशा तय गर्नेछ, तर वर्तमान माहोलले गोरख बहादुर विष्ट ‘आनन्द’को जित नजिक देखिएको आकलन गरिएको छ।