श्रममन्त्री रामजी यादवद्वारा एभरेस्ट मल्टी स्किलको उद्घाटन, संस्थाका विभिन्न कक्षको अवलोकन

theoutsidenepal.com

श्रममन्त्री रामजी यादवद्वारा एभरेस्ट मल्टी स्किलको उद्घाटन, संस्थाका विभिन्न कक्षको अवलोकन

द टन न्युज । भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल प्रा. लि. को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संस्थाको उद्घाटन गर्नुभएको हो।


कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं माननीय राजीव खत्री विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। एभरेस्ट मल्टी स्किल प्रा. लि. का अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा समारोह सम्पन्न भएको हो।


उद्घाटन समारोहमा मन्त्री यादवले संस्थाका विभिन्न कक्ष तथा संरचनाहरूको अवलोकन गर्नुभएको थियो। उहाँले संस्थामा उपलब्ध पूर्वाधार तथा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित स्थापना गरिएको एभरेस्ट मल्टी स्किलले दक्ष जनशक्ति उत्पादन तथा युवालाई सीप र रोजगारीका अवसरसँग जोड्ने लक्ष्य लिएको छ।


सीप विकासमार्फत युवाको क्षमता अभिवृद्धि गर्दै रोजगारीका सम्भावना विस्तार गर्ने उद्देश्यले अघि बढाइएको यस संस्थाले प्राविधिक तथा व्यावसायिक तालिमका माध्यमबाट दक्ष जनशक्ति निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

संस्थाका अध्यक्ष खगेन्द्र न्यौपानेले सीप, रोजगार र उज्ज्वल भविष्य निर्माणको लक्ष्यसहित एभरेस्ट मल्टी स्किल स्थापना गरिएको बताउनुभएको छ।


‘सीप, रोजगार, उज्ज्वल भविष्य’ भन्ने मूल नारासहित अघि बढेको एभरेस्ट मल्टी स्किलको उद्घाटनले प्राविधिक शिक्षा तथा सीप विकासको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया