कृष्णपुर–७ मा तीन करोडको खानेपानी योजना तीव्र गतिमा अघि बढ्दै, पूर्व मन्त्री एन.पी. साउद र समितिलाई धन्यवाद

theoutsidenepal.com

कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित रैकावार कलुवापुर खानेपानी तथा सरसफाई समितिमार्फत सञ्चालन भइरहेको खानेपानी योजना तीव्र गतिमा निर्माणाधीन रहेको छ।

क्षेत्र नं. २ का निर्वाचित संघीय सांसद तथा पूर्व मन्त्री माननीय एन.पी. साउदको संघीय सांसद कोषबाट रु. ३ करोड लागतमा सुरु गरिएको यो योजना स्थानीयवासीका लागि महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसका नेता हरी गैरालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसलाई आधार मानेर धन्यवाद ज्ञापन गर्दै योजनाको सफल कार्यान्वयनमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले पूर्व मन्त्री एन.पी. साउद, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णु सिंह खड्का तथा समितिको सम्पूर्ण टिमलाई धन्यवाद दिँदै निर्माणकार्य तीव्र गतिमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्नुभएको छ।

स्थानीय तहमा स्वच्छ खानेपानी तथा सरसफाईको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा आएको यस योजनाले कृष्णपुर–७ का सम्पूर्ण वडाबासीलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ। वडाबासीहरूको तर्फबाट पनि योजनाको सफलताको कामना गरिएको छ।


स्थानीय आवश्यकतामा आधारित विकास योजनामा संघीय सांसद कोषको प्रभावकारी उपयोग भएको भन्दै यसले दिगो विकास र जनजीवनको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया