एकताबद्ध कांग्रेसको अपील : विधि–विधानको विजय, रुपान्तरणको नयाँ यात्रा

theoutsidenepal.com

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध रूपमा अघि बढ्न सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक अपील गरेका छन्।


विशेष महाधिवेशनपछि जारी प्रेस विज्ञप्तिमार्फत सभापति थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको स्पष्ट पारेका छन्। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गर्दै उनले यसलाई कांग्रेसभित्र सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफल भनेका छन्।


विज्ञप्तिमा पार्टी अब नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने र बन्ने प्रमाणित भएको उल्लेख छ। कांग्रेस आफ्ना मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गर्दै सभापति थापाले विशेष महाधिवेशनमा सहभागी वा असहमत सबै नेता–कार्यकर्तालाई यो विषय जय–पराजयको नभई विधि र विधानको विजय भएको रूपमा लिन आग्रह गरेका छन्।


उनले संयम, जिम्मेवारी र एकतालाई प्राथमिकतामा राख्दै अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिसकेको बताएका छन्। रिफर्मको यात्रा सुरु भइसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्।


वर्तमान परिस्थितिमा पार्टीलाई अघि बढाउन पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका विभिन्न तह र निकायमा रहेका नेताहरूबाट पूर्ण साथ रहने विश्वास व्यक्त गरिएको छ। साथै, आजबाट कांग्रेसमा कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने स्पष्ट सन्देश दिइएको छ।


सभापति थापाले नेपाली कांग्रेसलाई आम नेपाली जनताको सार्वजनिक पुँजीको रूपमा परिभाषित गर्दै विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गरिएको र उपलब्धिलाई समयअनुकूल संस्थागत गर्ने संकल्प गरिएको बताएका छन्। अब कांग्रेस बदलिएको र अझ बदलिँदै जाने दृढ प्रतिबद्धता उनले दोहोर्‍याएका छन्।


विज्ञप्तिको अन्त्यमा


प्रतिक्रिया