ठमेलको आर्य होटल एन्ड स्पाले अन्तर्राष्ट्रिय मञ्चमा चम्कायो नेपालको आतिथ्य क्षेत्र, दुई प्रतिष्ठित अवार्ड जित्न सफल

theoutsidenepal.com

ठमेलको आर्य होटल एन्ड स्पाले अन्तर्राष्ट्रिय मञ्चमा चम्कायो नेपालको आतिथ्य क्षेत्र, दुई प्रतिष्ठित अवार्ड जित्न सफल

द टन न्युज । काठमाडौं ।

नेपालको समृद्ध कला, संस्कृति र ऐतिहासिक पहिचानलाई आधुनिक विलासी आतिथ्य सेवासँग जोड्दै आएको ठमेलस्थित आर्य होटल एन्ड स्पा (Aarya Hotel & Spa) ले अन्तर्राष्ट्रिय पर्यटन तथा आतिथ्य क्षेत्रमा नेपालको गौरव बढाएको छ। होटलले प्रतिष्ठित South Asian Travel Awards (SATA) अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड प्राप्त गर्दै आफ्नो उत्कृष्टता अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।


आर्य होटल एन्ड स्पाले ‘Leading Boutique Hotel’ र ‘Leading Heritage Hotel’ गरी दुई प्रतिष्ठित अवार्ड हात पारेको हो। यी सम्मानले नेपालको पर्यटन, होटल व्यवसाय तथा मौलिक सम्पदामा आधारित आतिथ्य सेवाको पहिचानलाई थप उचाइ प्रदान गरेका छन्।


आर्य होटल एन्ड स्पाका प्रमुख कृष्ण सिम्खडा को नेतृत्वमा अघि बढिरहेको होटलको यो उपलब्धि संस्थाको व्यावसायिक सफलता मात्र नभई नेपाली आतिथ्य क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

उक्त प्रतिष्ठित अवार्ड ग्रहण गर्न होटलका जनरल म्यानेजर ध्रुव शर्मा माल्दिभ्स पुगेका थिए। दक्षिण एसियाली पर्यटन तथा आतिथ्य क्षेत्रको प्रतिष्ठित मञ्चबाट प्राप्त यी सम्मानले होटलको सेवा, मौलिक पहिचान र अतिथि सत्कारप्रतिको प्रतिबद्धतालाई थप प्रोत्साहन दिएको छ।


काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अवस्थित आर्य होटल एन्ड स्पाले नेपालको समृद्ध सांस्कृतिक विरासतलाई आधुनिक सुविधा, आरामदायी वातावरण र गुणस्तरीय सेवासँग संयोजन गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई विशिष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

‘Heritage Lives, and Luxury Lingers’ अर्थात् ‘सम्पदा जीवन्त रहन्छ, विलासिताको अनुभूति लामो समयसम्म रहिरहन्छ’ भन्ने भावनालाई आत्मसात् गर्दै होटलले नेपाली पहिचान र आधुनिक विलासिताको सुन्दर संगम प्रस्तुत गर्दै आएको छ।


होटलले यस ऐतिहासिक उपलब्धिका लागि आफ्ना मूल्यवान् पाहुना, समर्पित कर्मचारी, सहयात्री तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। होटलका अनुसार यो सफलता कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई आर्य होटल एन्ड स्पासँग जोडिएका सबैको साझा उपलब्धि हो।

दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुले ठमेलको पर्यटन व्यवसायमा आर्य होटल एन्ड स्पाको स्थानलाई थप सुदृढ बनाउनुका साथै नेपाललाई गुणस्तरीय आतिथ्य सेवा, सांस्कृतिक अनुभव र विलासी पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आर्य होटल एन्ड स्पालाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता र अन्तर्राष्ट्रिय पहिचान विस्तारको शुभकामना!

द टन न्युज
Accuracy, Balance and Credibility


प्रतिक्रिया