नेपाली जनसम्पर्क समिति अमेरिका: धनन्जय नरसिंह के.सी.लाई कार्यवाहक सभापतिको जिम्मेवारी, विजयकुमार चौधरीद्वारा बधाई

theoutsidenepal.com

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य धनन्जय नरसिंह के.सी.ले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका छन्। समितिका अध्यक्ष गोरख बहादुर विष्ट (आनन्द) आसन्न संघीय निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेपछि पदबाट राजीनामा दिँदै पार्टीको मूलधार राजनीतिमा सक्रिय भएपछि के.सी.लाई उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो।


पत्रमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार अब अध्यक्षले गर्ने सम्पूर्ण कार्य कार्यवाहक सभापति के.सी.ले सम्हाल्नेछन्। समितिको विधानअनुसार छिट्टै समयसापेक्ष महाधिवेशन आयोजना गरी अमेरिकामा रहेका सबै प्रवासी नेपालीलाई समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।


यसैबीच ANTA–Association of Nepali Teraiyan in America का प्रमुख सल्लाहकार तथा क्यालिफोर्निया राज्य अमेरिकाका निवर्तमान पर्यटन सद्भावना दूत विजयकुमार चौधरीले के.सी.लाई गरिमामय जिम्मेवारी पाएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


यस मिडियाको तर्फबाट पनि नवनियुक्त कार्यवाहक सभापति धनन्जय नरसिंह के.सी.लाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


प्रतिक्रिया