नेपालक्यान डटकमको ‘दशैं धमाका अफर’ : ५ हजार रुपैयाँ जित्ने मौका, ७० प्रतिशतसम्म छुट

theoutsidenepal.com

नेपालक्यान डटकमको ‘दशैं धमाका अफर’ : ५ हजार रुपैयाँ जित्ने मौका, ७० प्रतिशतसम्म छुट

द टन न्युज ।

नेपालक्यान डटकम (Nepalcan.com) ले दशैंलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘दशैं धमाका अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकले विभिन्न लोकप्रिय उत्पादन तथा ग्याजेट खरिदमा ७० प्रतिशतसम्म छुट पाउनुका साथै हरेक साता ५ हजार रुपैयाँ जित्ने अवसरसमेत प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार अनलाइन सपिङलाई थप आकर्षक बनाउने उद्देश्यले ल्याइएको यस योजनामा ग्राहकले आफ्ना मनपर्ने ग्याजेट तथा प्रविधिसम्बन्धी सामग्रीमा विशेष कम्बो अफरको लाभ लिन सक्नेछन्।


अफरका मुख्य आकर्षणमा लोकप्रिय उत्पादनमा ७० प्रतिशतसम्म छुट, हरेक साता एक जना भाग्यशाली विजेतालाई ५ हजार रुपैयाँ पुरस्कार तथा विभिन्न ग्याजेटमा विशेष कम्बो अफर रहेका छन्।

यस योजनामा सहभागी हुन ग्राहकले QR कोड स्क्यान गरी वा Nepalcan.com मा गएर एप डाउनलोड गर्न तथा अनलाइनमार्फत सामान अर्डर गर्न सक्नेछन्।

दशैंको अवसरमा किनमेलसँगै आकर्षक छुट र पुरस्कार जित्ने अवसर प्रदान गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको यस अफरले ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा किनमेल गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया