गगन थापालाई भारी मतसहित सभापतिमा निर्वाचित भएकोमा आनन्द बिष्टद्वारा बधाई

theoutsidenepal.com

गगन थापालाई भारी मतसहित सभापतिमा निर्वाचित भएकोमा आनन्द बिष्टद्वारा बधाई

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसका नेता आनन्द बिष्टले पार्टीको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नेता बिष्टले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै थापाको नेतृत्वमा नेपाली कांग्रेसभित्र बलियो एकता कायम हुने र पार्टी संगठन वडा तहदेखि नै सशक्त, सबल तथा जनमुखी बन्ने विश्वास व्यक्त गरेका छन्।

उनले पार्टीभित्र आपसी विश्वास, सहमति, सहकार्य र एकताको भावनालाई अझ मजबुत बनाउँदै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र सुदृढ संगठनका साथ जनताको आशा र भरोसाको केन्द्र बनाउन सभापति थापाको कार्यकाल सफल रहने अपेक्षा पनि नेता बिष्टले गरेका छन्।

नेता बिष्टले आफ्नो शुभकामना सन्देशको अन्त्यमा ‘जय नेपाल’ भन्दै पार्टीको एकता र संगठनात्मक सुदृढीकरणप्रति आफ्नो अपेक्षा व्यक्त गरेका छन्।


प्रतिक्रिया