काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान गर्नुभएको छ। नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल औपचारिक भ्रमणका लागि आइतबार राति जापान जानुभएको हो।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले नेपाल–जापानबीचको दीर्घकालीन मित्रता, आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलको जापान भ्रमण माघ २१ गते सम्पन्न भई उहाँ स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
02 February 2026