जनताले अँगालेरै भनिन्– “मन परेको उम्मेदवार” : चितवन–३ मा सोविता गौतमप्रति बढ्दो समर्थन

theoutsidenepal.com

चितवन–३ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल झन् तातिँदै गएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ तथा उम्मेदवार सोविता गौतमप्रति जनस्तरमा देखिएको आत्मीयता चर्चाको विषय बनेको छ। हालै एक महिला मतदाताले सोविता गौतमलाई अँगालेरै “जनतालाई मन परेको उम्मेदवार” भन्दै समर्थन जनाएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।


पूर्व सांसदसमेत रहेकी सोविता गौतमले घरदैलो र प्रत्यक्ष भेटघाटमार्फत मतदातासँग संवाद बढाउँदै आएकी छन्। उनका समर्थकहरूका अनुसार उनी विकास, सुशासन र जनहितका मुद्दा लिएर मैदानमा उत्रिएकी छिन्।


चितवन–३ मा यसपटक सोविता गौतम र पूर्व मेयर रेनु दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै उम्मेदवार आफ्ना अनुभव र एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन्। निर्वाचन नजिकिँदै जाँदा मतदाताको चासो र उत्साह पनि बढ्दो छ।


फागुन २१ मा हुने निर्वाचनलाई चितवन–३ को राजनीतिक भविष्य निर्धारण गर्ने महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।


प्रतिक्रिया